लुम्विनी प्रदेशको आफ्नै विश्व विद्यालय बन्छ : मुख्यमन्त्री पोख्रेल

सुशील गैरे कपिलवस्तु । लुम्विनी प्रदेश सरकारले प्रदेश विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको मुख्यमन्त्री शंकर पोख्रेलले बताउनु भयो । कपिलवस्तुको अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवमा बोल्दै मुख्य मन्त्रीले उच्च शिक्षाको अध्ययन गर्नका टाढा जानु पर्ने बाध्यता भएको क्षेत्रका प्रदेश विश्व विद्यालय स्थापना गरी क्याम्पस संचालन गर्ने बताउनु भयो ।

विश्व विद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको छ । प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने मुख्य मन्त्री पोख्रेल बताउनु भयो । उहाले कोभिडको कंहरमा विद्यालय क्वारेन्टाईनको रुपमा प्रयोग हुँदा अधिकांश विद्यालयमा शौचालयको समस्या देखिएको गुनासो आएको बताउनु भयो । विद्यालयमा शौचालय सुधारको लागि प्रदेश सरकारले थप योजना ल्याउने गरी शौचालय नभएका र नपुग भएका विद्यालयमा आउने आ.व भित्र शौचालय निर्माण गरिने मुख्ुयमन्त्री पोख्रेलले बताउनु भयो ।

मुख्यमन्त्री पोख्रेलले अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको भौतिक पुर्वाधारको अवस्था कमजोर रहेकोले पुर्वाधार विकासका प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा सम्वोदन गर्दै उहाँले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको बताउनु भयो । प्रदेश सरकारले शिक्षाको पहुँच बढाउँनका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतीको व्यवस्था गरेको बताउनु भयो । छात्रवृतीका कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको समेत दावी गर्नु भयो । प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको बताउनु भयो । कार्यक्रममा बोल्दै संघिय संसद बृजेश कुमार गुप्ताले मधेसका विद्यालयको स्तर सुधार गर्न सरकारले ठोस कदम चाल्नु पर्ने बताउनु भयो ।

दक्षिणी क्षेत्रका विद्यालयमा आधारभूत तह पछि विद्यालय छाड्ने दर वढी भएको हुँदा कम गर्नका लागि स्थानीय सरकारले निति बनाउन जोड दिनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार सामाजिक विकास समिति का सभापती दीर्घनारायण पाण्डेयले मधेसी भेगमा बालिका घरायसी प्रयोग गर्दा शिक्षा बाट वन्चीत भएको बताउनु भयो । कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवात्सव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, राकेश कुमार पाठक लगायतले विद्यालयको प्रगतीको कामना गर्नु भएको थियो ।

कपिलवस्तुको भारतीय सिमा सँग जोडिएको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहको विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय रहेको विद्यालयमा प्रधानाध्यापक रमेशनाथ पाण्डेयले बताउनु भयो । सोमबार देखी सुरु भएको हिरक महोत्सव ३ दिन सम्म चल्ने बताइएको छ । कार्यक्रम यशोधरा गाउँपालिकाका अध्यक्ष ग्रिजेश कुमार पाण्डेको अध्यक्षता र विद्यालयका शिक्षक रामसेवक यादवको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै