

आइपिएलः राजस्थान विरुद्ध पन्जाब मैदानमा उत्रदैँ



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा आज पन्जाब किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ स्४५ पछि वानखडे स्टेडियम मुम्बईमा हुने छ ।
दुबै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने सोचमा छन् । सन् २००८ पछि पहिलो उपाधिको पर्खाइमा रहेको राजस्थान उत्कृष्ट सुरुवात गर्न चाहन्छ । पहिलो उपाधि जित्ने सोचमा रहेको पञ्जाब प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । दुबै टोलीको कप्तानी विकेटकिपर ब्याट्सम्यानले गर्ने छन् । पन्जाबको कप्तानी लोकेश राहुल र राजस्थानको सञ्जु स्यामसनले गर्ने छन् । स्यामसनले आइपिएलमा पहिलो पटक कप्तानी गर्दै छन् । राजस्थानमा बेन स्टोक्स, जस बटलर, स्यामसन, शिवम दुबे, लियाम लिभिङस्टोन जस्ता आक्रामक ब्याट्सम्यान छन् । पञ्जाबमा लोकेश राहुल, क्रिस गेल, निकोलस पुरन, डेविड मलान, शाहरुख खान लगायतका खेलाडी छन् । वानखडेको स्टेडियम ब्याटिङ सहयोगी मानिन्छ । दुबै टोलीमा आक्रामक ब्याट्सम्यान छन् । यस खेललाई ब्याटिङबीचको प्रतिस्पर्धा मान्न सकिन्छ ।
पछिल्लो सिजनको अन्त्य तिर राजस्थानले बेन स्टोक्सलाई ओपनिङ गराएको थियो । सुरुमा जस बटलरले ओपनिङ गरेका थिए । यी दुई आक्रामक ब्याट्सम्यान मध्य एकले ओपनिङ गर्ने छन् । दुबै खेलाडी राजस्थानका प्रमुख ब्याट्सम्यान हुन् । ठूला इनिङका साथ टोलीलाई सहज जित दिलाउन सक्छन् । अर्का ओपनर यशस्वी जैसवाललाई गराउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान सञ्जु स्यामसनले गर्ने छन् । आक्रामक ब्याट्सम्यान स्यामसनलाई टोलीलाई मात्र होईन आगमी विश्वकप भारतीय टोलीमा स्थान बनाउन यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ ।
मध्यक्रममा लियाम लिभिङस्टोन र रियान पराग छन् । तल्लोक्रममा शिवम दुबे र राहुल टेवटिया छन् । टेवाटिया गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । गतवर्ष पन्जाबले दिएको २ सय २४ रनको लक्ष्य पूरा गर्नेक्रममा टेवाटियाले म्याच विनिङ उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । प्रमुख तीव्र गतिका बलर जोफ्रा आर्चरले सुरुवाती आइपिएलमा उपलब्ध हुने छैनन् । क्रिस मोरिसलाई राजस्थानले आइपिएल इतिहासकै सर्वाधिक १६ करोड २५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । मोरिस तल्लोक्रममा ठूला सटको क्षमता पनि राख्छन् । मोरिससँगै एन्ड्रुय टाई गरि दुई तीव्र गतिका बलर मैदान उतार्न सक्छ । भारतीय तीव्र गतिका युवा बलर कात्तिक त्यागीलाई मैदान उतार्न सक्छ ।
यस सिजनमा पञ्जाबले आफ्नो नाम परिवर्तन गर्दै पञ्जाब किंग्स राखेको छ । उपाधि बिहिन पञ्जाब पहिलो पटक च्याम्पियन बन्न चाहन्छ । ओपनिङ मयंक अग्रवाल र राहुलले गर्नेछन् । दुबै ब्याट्सम्यानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । तेस्रो नम्बरमा इंग्ल्यान्डका डेविड मलान र क्रिस गेल मध्य एकलाई मैदान उतार्ने छ । वर्तमान टि२० आई वरियताको नम्वर वान ब्याट्सम्यान मलानलाई पहिलो रोजाईमा खेलाउन सक्छ । वेस्टइन्डिजका आक्रामक युवा विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले चौथो नम्बरमा खेल्ने छन् ।
शाहरुख खान फिनिसरको रुपमा रहने छन् । तीव्र गतिको बलमा मोहम्मद शामी प्रमुख हतियार हुन् । डेथ ओभरमा सामी उत्कृष्ट बलरको रुपमा चिनिन्छन् । पछिल्लो दुई वर्षमा डेथ ओभरमा शामीले २५ विकेट लिएका छन् । शामी भन्दा अघि कागिसो रबाडा ३९ र जस्प्रित बुमराहले डेथ ओभरमा २८ विकेट लिएका थिए । स्पिनरमा रवि विश्रोई छन् । अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसन र राइली मेरिडिथ मध्य एकले मौका पाउने छन् । जसमा मेरिडिथको सम्भावना छ ।
आइपिएलमा यी दुई टोलीबीच २१ खेल भएको छ । जसमा रास्जस्थान १२ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । गत सिजनका दुबै खेलमा राजस्थान विजयी भएको थियो । गत सिजनको पहिलो खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य राजस्थानले ३ बल अगाडिनै ६ विकेटको क्षतिमा पूरा गरेको थियो । दोस्रो खेलमा १ सय ८६ रनको लक्ष्य १५ बल अगाडिनै ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया