

२४ घण्टामा ४९६ मा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु


काठमाण्डौ।
पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया