

कोटिहवा सामुदायिक वनको १० औँ साधारणसभा सम्पन्न

भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोटिहवा सामुदायिक वनको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सम्पन्न साधारण सभामा वडा अध्यक्ष धुव्र वेल्वासेले वन जंगलको रक्षा र व्यवस्थापनमा स्थानिय उपभोक्तहरुको भुमिका महत्वपूर्ण हुने हुँदा भलवाडका सामुदायिक वनहरुले वन व्यवस्थापनमा उल्लेख्य काम गरेको बताएका छन् ।
वन उपभोक्ता समुहकी सचीव राधा वेल्वासेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिन भने कोषाध्यक्ष मिनबहादुर बुढा पुनले आर्थिक वर्ष २०७६÷०७७ को ५६ लाख ८५ हजार बराबरको आर्थिक प्रतिवेदन सार्वजानिक गरेका थिए ।
साधारण सभामा वनका विभिन्न क्षेत्रमा उत्कृष्ट उभोक्ताहरु, संस्थापक सदस्य, वन दर्ता समिति तथा वन उपभोक्ता समितिका परिवारका जेष्ठ नागरिकहरुलपाई सम्मान गरिएको छ ।
कार्यक्रममा वनका संस्थापक अध्यक्ष जगत बहादुर केसी, वनका सल्लाहाकार कुमार मधु वेल्वासे, कोईलीचौर सामुदायिक वनका अध्यक्ष हरिराज घिमिरे, भलवाड स्वास्थ्य चौकी प्रमूखा जितविकास रायमाझी लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै सोही कार्यक्रम मार्फत शुक्रबार देखि संचालनमा रहेको हात्तीपाईले विरुद्धको औषधी पनि वन उपभोक्ता समितिका पदाधिकारी तथा सहभागिहरुलाई खुवाइएको स्वास्थ्य कार्यालय प्रमूख रायमाझीले बताए ।
कार्यक्रममा गोरुसिँगे सव डिभिजन वन कार्यालयका प्रमूख बसन्त थापाले वन जंगल नेपालको सबैभन्दा अमुल्य सम्पत्ति रहेको भन्दै वातावरणको सुद्धताका लागि पनि सामुदायिक वनहरुको महत्पूर्ण भुमिका रहेको बताएका थिए । उनले खाली र प्रति जग्गामा नयाँ विरुवा रोप्ने र वन क्षेत्रलाई तारबार गरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका छन्।
कार्यक्रममा कोटिहवा सामुदायिक वनका अध्यक्ष फर्सबहादुर बस्नेतको अध्यक्षता तथा सचिव राधा वेल्वासेको संचालनमा सम्पन्न भएको वन उपभोक्ता समितिले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया