

चुनावमा नगई देश अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले चुनावमा नभइ देश अघि बढ्नै नसक्ने जिकिर गर्दै ढिलोचाँडो निर्वाचन भइ छाड्ने बताए ।
‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले भने, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’ यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ ।
‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’
उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप पनि लगाए । आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको पनि उनको दावी छ ।
आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ ।
उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया