सिटिजन्स बैंकले शुरू गर्‍यो यूएसडी ई–कम कार्ड

काठमाण्डाै

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले यूएसडी ई–कम कार्डको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

यूएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान बिबरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।

यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सकिनेछ । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएस मार्फत कारोबार गर्न भने पाइने छैन ।

प्रतिक्रिया

खबर सबै