

पत्रकार महासंघको चुनाव : ३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा


काठमाडौं
यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसपटक महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा-छुट्टै समूह निर्माण भएका छन् । तर, पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचित प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।
दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।
महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।
महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।
खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७/७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।
उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एशोसिएट)मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी)मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस-आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९ जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।
लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३/३ जनाले उम्मेदवारी दिएका छन् ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया