

साना किसान भलवाडद्धारा मरणोपरान्तको रकम हस्तान्त्रण


भलवाड ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडले आफ्ना सदस्यको मरणोपरान्त पाउने जीवन बिमाको रकम प्रदान गरेको छ ।
संस्थामा आवद्ध रहेका वाणगंगा ९ पडरियाका केम बहादुर गुरुङ्खको मरणोपरान्त निजको छोरी लक्ष्मी गुरुङ्खलाई संस्थाले मृत्यु दावी भुक्तानी कार्यक्रम अन्तर्गत सिटिजन लाईफ ईन्सोरेन्स कम्पनी जितपुर शाखा मार्फत रु ७ लाख १० हजारको चेक प्रदान गरेको हो ।
वडा अध्यक्ष धुव्र वेल्वासे र साना किसान भलवाडका अध्यक्ष कुमार मधु वेल्वासे र विमा कम्पनीका एरिया ब्रान्च म्यानेजर लक्षमण मरासिनीले संयुक्तरुपमा मृतक गुरुङको परिवारलाई सो रकम प्रदान गर्नु भएको थियो ।
लाईफ ईन्सोरेन्सका एरिया ब्रान्च मेनेजर मरासिनीले केन्द्रिय स्तरमा कृषि सहकारीसंग सम्झौता भए अनुसार सो मृत्युदावी भुक्तानी प्रदान गरेको वताउनुभयो । साथै वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासेले जीवन बिमा कम्पनीले सेयर सदस्यलाई लघु बिमा कार्यक्रमबाट ऋणिहरुलाई आर्थिक भारबाट मुक्त हुने कार्यलाई ठूलो सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रम संंस्थाका प्रवन्धक मानकुमारी गिरीले सहजीकरण गर्नुभएको थियो भने विमा कम्पनीका जितपुर शाखाका प्रमुख सम्झना आचार्य ,सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया