३१२२ मा पिसिआर गर्दा १४१ लाई कोरोना

काठमाडौं

नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१२२ मा पिसिआर गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ। पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

खबर सबै