

सन्दीप लामिछानेले इंग्ल्यान्डको टि २० ब्लास्ट खेल्ने



काठमाडौं
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। लामिछानेले वोर्सेस्टरशायर र्यापिड्सबाट इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता‘भिटालिटी टी(ट्वान्टी ब्लास्ट’खेल्ने भएका हुन्।
वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ। लामिछाने टी-ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।
यस अगाडि इंग्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ लामिछाने छनोट भइसकेका छन्। उनलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो। उनले विश्व चर्चित टि २० फ्रेन्चाइज लिग खेलिसकेका छन्।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया