

गृह मन्त्रालयले थाल्यो क्वारेन्टिन र आइसोलेसनको विवरण संकलन





काठमाडौं
गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरिएको अनलाइनखबरलाई बताए ।
‘स्वास्थ्य मन्त्रालयको विज्ञप्तिलाई सहयोग हुने गरी भिडभाड हुने र धेरै मानिस जमघट हुने गोष्ठी पनि गराउन भनिएको छ’, बुढाले भने, ‘यही विषयमा हरेक जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन पनि भनेका छौं ।’
परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको बुढाले बताए ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया