

पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य, चुनावमा भोट हाल्न पाउने


काठमाडौं
पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ ।
महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।
बास्कोटाको नाम मदतादा सूचीको दोस्रो नम्बरमै छ । एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको छ । कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।
पूर्व पत्रकारसमेत रहेका बास्कोटा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए । कतिपय क्रियाशील पत्रकारकै नाम मतदाता नामावलीमा नभेटिएको गुनासो आइरहेका बेला पूर्वमन्त्री समेतले लगातार सदस्यता नवीकरण गरी मतदाता लिनुको पछाडीको रहस्य भने बहसको विषय बनेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया