

वडा स्तरीय कपको उपाधी अतरपरीलाई


कपिलवस्तु
कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं. ३ को अतरपरी गाउँमा संचालित वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी अतरपरीले हात पारेको छ ।
आज भएको फाइनल खेलमा खैराटीलाई ३ विकेटले हराउदै अतरपरीले कप तथा पुरस्कार हात पारेको हो। वडा कार्यालयको सहयोगमा जानकी युवा क्लव द्वारा आयोजित सप्ताहव्यापी क्रिकेट प्रतियोगितामा गाउँ स्तरीय नौ टीमले भाग लिएका थिए। विजयी टीम तथा खेलाडीहरुलाई वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी पुरस्कार तथा कप प्रदान गरेका छ्न। प्रतियोगिताका अम्पायर हरिश्चन्द्र यादव, राजेश कलवार, मनोज वरई, दर्शन यादव तथा कमेन्टेटर परमानन्द दुबेलाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ।
समाजसेवी नारायण यादव , जीतबहादुर यादव , वडा सदस्य अलिहसन मुसलमान , नवलकिशोर पाण्डेयको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता तथा आयोजक विशाल सिंहको संचालनमा प्रतियोगिता सम्पन्न भएको थियो।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया