

कोरोना संक्रमित २ करोड ८ लाखभन्दा बढी




काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८ लाख ६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८१ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख ४७ हजार २५८ पुगेको छ । हालसम्म १ करोड ३७ लाख ६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख ६० हजार पुगेको छ । यहाँ हालसम्म १ लाख ६९ हजार १३१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म ३१ लाख ७१ हजार ७४७ जना संक्रमित हुँदा १ लाख ४ हजार २६३ जनाको ज्यान गएको छ । भारतमा हालसम्म २३ लाख ९५ हजार ४७१ संक्रमित हुँदा ४७ हजार १३८ जनाको निधन भएको छ । रुसमा ९ लाख २ हजार ७०१ संक्रमित हुँदा १५ हजार २६० जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ६८ हजार ११९ जना संक्रमित हुँदा ११ हजार १० जनाको मृत्यु भएको छ । पेरुमा ४ लाख ९८ हजार ५५५ जना संक्रमित हुँदा २१ हजार ७१३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख ९८ हजार ३८० जना संक्रमित हुँदा ५४ हजार ६६६ को मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या ३ लाख ७६ हजार ८६४ पुगेको छ भने २८ हजार ५७९ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख ३३ हजार ६९९ जना संक्रमित हँदा १८ हजार ९८८ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ३२९ जनाको ज्यान गएको छ भने ३ लाख १३ हजार ७९८ जना संक्रमित रहेका छन् । साउदी अरबमा २ लाख ९३ हजार ३७ हजार संक्रमित हुँदा ३ हजार २६९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ८५ हजार ९२१ संक्रमित हुँदा ६ हजार १२९ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ६६ हजार ६९८ संक्रमित हुँदा ३ हजार ५१३ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५१ हजार ७१३ पुग्दा ३५ हजार २२५ जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ हालसम्म ८४ हजार ७५६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ५० हजार २१० जना संक्रमित हुँदा १ हजार ५९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २४ हजार ४३२ जना संक्रमति फेला पर्दा १६ हजार ७२८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९१ जनाको भने मृत्यु भएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया