

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु





ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो ।
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन् । यसैगरी आइतबार सम्ममा यहाँ यो संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।
ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।
त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।
सिन्ह्वा


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई













प्रतिक्रिया