कोरोना जोखिम फेरी बढ्यो, अनिवार्य मास्क लगाउन सरकारको आग्रह

काठ्माण्डौँ ।

छिमेकी देशहरुमा कोरोना संक्रमण तिव्र गतिमा बढ्न थाले पछि नेपाल सरकारले नेपालमा पनि कडाई गर्ने भएको छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मधयनजरगर्दै देशभर सभा, जुलुस, र्याली, जमघट, गोष्ठी सेमिनार , बैठक तथा भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना मार्फत आग्रह गरेको छ ।

साथै जनस्वस्थ्यका मापदण्डहरु समेत पालना गरी अनिवार्य मास्क लगाउने र सामाजिकि तथा भौतिक दुरी कायम गर्न पनि अपिल गरिएको छ ।

प्रतिक्रिया

खबर सबै