

अर्घाखाँची जिप दुर्घटना , २ को अवस्था गम्भीर



अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क-९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।
घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ । उहाँको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । जीपमा रहेका यात्रु सुरज खनालका अनुसार जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेका थिए । ६ जना यात्रुमध्ये तीन जनाले जीपबाट हाम फालेका थिए ।
उनीहरुकाे अवस्था भने सामान्य रहेकाे छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया