

बंगलादेशसँगको पहिलो एक दिवसीयमा न्युजिल्याण्ड विजयी



काठमाण्डाै
बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।
घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९ रन जोडे । यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।
न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २/२ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया