

प्रतिनिधिसभा बैठक चैत १० सम्म स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए । यस्तै प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरे । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ । बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया