

सिद्धार्थ क्यापसमा सुरु भएको खेल सप्ताहको दोस्रो दिन आज ३ खेल सम्पन्न, रोचक बन्दै प्रतियोगिता



कपिलवस्तु
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सिद्धार्थ क्याम्पसको आयोजनामा जारी खेलकुद सप्ताहको दोस्रो दिन बुधबार आज तीन खेल सम्पन्न भएका छन् । खेलकुद सप्ताहको दोस्रो दिन आज भएको छात्राहरुकोे कुर्ची दौडमा नयाँ बिबिएस प्रथम वर्षकी रविना पाण्डे प्रथम र सविता भण्डारी दोस्रो भएकी छिन् ।
आजै भएको क्रिकेटमा पूरानो बिबिएस प्रथम बर्षले जित हासिल गरेको छ । पुरानो बिबिएस प्रथम बर्षले कक्षा १२ लाई ४ विकेटले पराजित गर्दै खेलमा सहज जित हासिल गरेको सप्तहाका खेल संयोजक तथा स्ववियु सदस्य पुस्कर भुसालले जानकारी बताएका छन्। त्यस्तै पुरानो बिबिएस चौथो बर्ष र कक्षा १२ बिच भएको फुटबलमा बिबिएस चौथो बर्षले जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुबै पक्षबाट २–२ गोल भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । पेनाल्टीमा बिबिएस चौथो बर्षल ४–२ को गोल अन्तरले जित हासिल गरेको हो ।
खेल संयोजक पुष्कर भूसालका अनुसार सप्ताहको तेस्रो दिन (बिहिबार) भोलि कबड्डि, क्रिकेट र भलिबल हुने छन् । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्रसहित उचित पुरस्कारको व्यबस्था गरिएको आयोजकले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया