सिद्धार्थ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन द्धारा आन्तरिक खेलकुद सप्ताह आजदेखि सुरु

भगवती न्यौपाने

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सिद्धार्थ क्याम्पसमा आन्तरिक खेलकुद सप्ताह मंगलबार देखि सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियको आयोजनामा सुरु भएको सप्ताहमा सिद्धार्थ क्याम्पसका सचालक समिति सदस्य तथा वाणगंगा नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष सोमनाथ अर्यालले विद्यार्थीमा शारीरिक, मानशिक विकास गर्न खेलकुद आवश्यक पर्ने बताउदै खेलकुदबाट पनि विद्यार्थीले राष्ट्र र आफ्नो राम्रो परिचय बनाउन सक्ने बताउनु भयो ।


हरेक क्षेत्रमा अगाडि भएको नगरपालिकालाई खेलकुदको माध्यमबाट सबल र अबल बनाउन विद्यार्थी भाईबहिनालाई आग्रह गर्नु भयो ।
सिद्धार्प क्याम्पस पढाइ सँगै हरेक क्षेत्रमा अगाडि रहेको बताउदै उहाँले खेलकुद सफलताको शुभकामना दिनु भएको थियो । स्ववियु सभापति सुशील खत्रिले विद्यार्थीलाई पढाइ सँगै खेलकुद पनि उतिकै आवश्यक पर्ने बताउदै आगामि दिनमा स्ववियुले अझै उष्कृष्ट कार्यक्रम राख्ने तर्क गर्नु भयो।
स्ववियुले गरेका हरेक क्रियाकलापमा आर्थिक लगायत हरेक क्षेत्रमा सहयोग गदै आउनु भएका वडाध्यक्ष अर्याललाई स्ववियुले प्रमाण पत्र र दोसललाले सम्मान गरेको थियो ।
पुर्व स्ववियु सभापति कमल भट्टराई, सिद्धार्थ क्याम्प खेलकुद अतिरिक्त संयोजक राजकुमार अर्याल लगायत शिक्षक विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

स्ववियु सभापति खत्रिको अध्यक्षता, स्वतन्त्र विद्यार्थी युनियन सदस्य तथा खेलकुद मुल संयोजक पुष्कर भुषालको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव दिनेश चौधरिले गर्नु भएको थियो ।
मंगलबारबाट सुरु भएको खेलकुद विभिन्न विधामा एक हप्ता सम्म चल्ने छ ।
प्रतियोगिताको पहिलो दिन आज २ खेल सम्पन्न भएका छन् । क्रीकेटमा बिबिएस नेपाली माध्यमले ले बिबिएस अङ्ग्रेजी माध्यमलाई १० रन ले हरायो भने आजै भएको फुटबलमा फुटबल खेलमा बिबिएस प्रथम बर्ष पुरानो ले नँया बिबिएस प्रथम बर्षलाई ८–० गोल अन्तर ले हरायो ।
यस्तै सप्ताहको दोस्रो दिन भोलि (बुधबार) रसि तान्ने र कुर्ची दौड खेल हुने छ भने बाकिँ रहेका क्रीकेट र फुटबल खेल पनि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै