

तुलसीपुर उपमहानगरले बनायो लोगो

लुदस, दाङ
तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौं नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रूपमा सार्वजनिक गरिएको हो।
उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरूलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो।
प्रतिस्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सूची तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए। कार्यपालिकाको ९८ औं बैठकले अन्तिम लोगो छनोट गरेको हो।
उत्कृष्ट लोगो बनाउनेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ।मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो।
लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, बसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए। नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारिक लोगोका रूपमा अब प्रयोगमा ल्याइने बताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई बलियो बनाउने विश्वास लिएको समेत बताए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया