

तुलसीपुर उपमहानगरले बनायो लोगो



लुदस, दाङ
तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौं नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रूपमा सार्वजनिक गरिएको हो।
उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरूलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो।
प्रतिस्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सूची तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए। कार्यपालिकाको ९८ औं बैठकले अन्तिम लोगो छनोट गरेको हो।
उत्कृष्ट लोगो बनाउनेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ।मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो।
लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, बसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए। नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारिक लोगोका रूपमा अब प्रयोगमा ल्याइने बताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई बलियो बनाउने विश्वास लिएको समेत बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया