नेपालमा पहिलोपटक युरेनियम सहित ४ जना प्रकाउ

२५ वर्षदेखि बौद्धमा लुकाइएको थियो साढे २ केजी युरेनियम
ससुराले भारतबाट ल्याए, बुहारीले बेच्न खोजिन्

काठमाडौं

नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले शुक्रवार पत्रकार सम्मेलन गरेर युरेनियम कारोबार गर्ने ४ जनालाई सार्वजनिक गरेका छन्

महानगरीय प्रहरी कार्यालयका डिएसपी नवराज भट्टराई नेतृत्वको टोलीले बरामद गरेको युरेनियमको कथा करिब २५ वर्ष पुरानो छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएकी जानुका तामाङ बौद्ध बस्छिन् । ४० बर्षीया जानुकाको परिवारले बौद्धमा घर बनाएका छन् । उनका ससुरा अमर लामा भारतको खानिमा काम गर्थे ।​

जानुकाले ससुराले २५ वर्षअघि भारतबाट ल्याएर सो युरेनियम बौद्धस्थित घरमा राखेको प्रहरीलाई साविती बयान दिएकी छिन् । ‘करिब २५ बर्ष पहिले आफ्नो ससुराले भारतबाट युरेनियम ल्याएर राखेको जानुकाको भनाई छ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीसँग भने, ‘हामिले जानुकालाई पक्रेका छौं, थप अनुसन्धान गर्दै छौं ।’

प्रतिक्रिया

खबर सबै