

नेपालमा पहिलोपटक युरेनियम सहित ४ जना प्रकाउ



२५ वर्षदेखि बौद्धमा लुकाइएको थियो साढे २ केजी युरेनियम
ससुराले भारतबाट ल्याए, बुहारीले बेच्न खोजिन्
काठमाडौं
नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले शुक्रवार पत्रकार सम्मेलन गरेर युरेनियम कारोबार गर्ने ४ जनालाई सार्वजनिक गरेका छन्
महानगरीय प्रहरी कार्यालयका डिएसपी नवराज भट्टराई नेतृत्वको टोलीले बरामद गरेको युरेनियमको कथा करिब २५ वर्ष पुरानो छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएकी जानुका तामाङ बौद्ध बस्छिन् । ४० बर्षीया जानुकाको परिवारले बौद्धमा घर बनाएका छन् । उनका ससुरा अमर लामा भारतको खानिमा काम गर्थे ।
जानुकाले ससुराले २५ वर्षअघि भारतबाट ल्याएर सो युरेनियम बौद्धस्थित घरमा राखेको प्रहरीलाई साविती बयान दिएकी छिन् । ‘करिब २५ बर्ष पहिले आफ्नो ससुराले भारतबाट युरेनियम ल्याएर राखेको जानुकाको भनाई छ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीसँग भने, ‘हामिले जानुकालाई पक्रेका छौं, थप अनुसन्धान गर्दै छौं ।’


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया