

खोपको दोस्रो खेप दिन सेरमको आनाकानी : ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र


काठमाडौं
भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो । भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो ।
सेरमले मार्च ३ स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ । सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ । ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्यकता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न चाहेको’ पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउने अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए ।
सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ । पहिलो डोज लगाएकाहरुलाई ८ देखि १२ सातामा दोस्रो डोज उपलब्ध गराउने सरकारी तयारी छ । सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन ।
आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया