

अर्घाखार्चीको भुमिकास्थान नगरपालिकामा प्रथम खुल्ला भलिबल प्रतियोगिता हुने



ई–साझाकुरा संवाददाता
अर्घाखाची जिल्लाको भुमिकास्थान नगरपालिकामा प्रथम खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नगरको वडा नम्बर १÷२ मा हुने प्रतियोगिता पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको हो । प्रतियोगिता २०७७ चैत्र १३ गतेदेखि १५ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको छ भने द्धितिय पुरस्कार ३१ हजार र तृतिय पुरस्कार २१ हजार रहने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट अनुशासन विधिमा पनि ३५ सय पुरस्कार राखेको आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगितामा भाग लिनका लागि टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ता शुल्क भने २५ सय रहेको छ । खेलले खेलाडीहरुलाई देश तथा विदेशमा चिनाउने हुदाँ र उनिहरुको प्रतिभाको सम्मानका लागि पनि प्रतियोगिता आयोजना गरेको जनाइएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया