

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा बिपन्न वर्गका महिला दिदीबहिनीहरुको पाठेघर तथा प्याप स्मेयर परिक्षण




भगवती न्यौपाने, कपिलवस्तु
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाको आयोजना र कपिलवस्तु सामुदायिक अस्पतालको संयुक्त सहकार्यमा अति बिपन्न वर्गका महिला दिदीबहिनीहरुको पाठेघर तथा प्याप स्मेयर परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” भन्ने मुल नारालाइ आत्मसात गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रमुख अतिथी प्रदेश सांसद रिना नेपालले महिना दिनको बालिकादेखी ७० बर्षको आमा सम्म बलात्कारको सिकार हुनु परेको बताउँदै न्याय दिलाउन कुनै राजनितीक पार्टी खोज्न नहुने दाबी गर्नुभयो । उहाँले महिलाहरुलाइ आर्थिक शसक्तीकरणमा बलियो बनाउन सिपमुलक कार्य आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै आवाजका सह संयोजक देवकला सुवेदी (कमाल) ले हरेक वर्ष आउने नारी दिवसलाई नाराका रुपमा मात्रै सिमित नराखेर घरदेखी नै बिभेदकारी कार्यको अन्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यमान हरेक बिभेदकारी सोच अनि ब्यबस्था रूपान्तरणका लागी हामी महिलाहरु आफै सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ५७ जना महिलाको पाठेघर तथा प्याप स्मेयर परिक्षण गरिएको थियोे । स्त्री रोग विशेषज्ञ नवीन तिरुवा अनि दिपेन्द्र चन्दले परिक्षण गर्नु भएको थियो ।
महिला तथा बालबालिकाको हिंसा विरुद्धको नारा रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका तारावती चौधरी, वडा न १ का वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारी, वडा न ४ का वडा अध्यक्ष गणेश क्षेत्रि, मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रदेश संयोजक लता खड्का, लुम्बिनी अञ्चल बिशेष सल्लाहकार गङगा केसि, इलाका प्रहरी कार्यलय पिपरारका प्रहरी निरीक्षक दिनेश गुरुङ, सामुदायिक अस्पतालका अध्यक्ष राजजि सेन,सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापा, सामुदायिक अस्पतालका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौरे, समाज सेवि शक्ति सिंह ठकुरी, तिलक थापा, चन्द्रकान्त पोख्रेल लगायत आवाजका सम्पुर्ण पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुस्मा खाँडको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचीव अन्जु बन्जाडेले गर्नु भएको थियो ।प्रेस सल्लाकार भगवती न्यौपानेले बताउनु भयो ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया