

बाँकेमा आगलागी , १६ घर जलेर नष्ट



काठमाडौं
बाँकेको नरैनापुर गाउँपालिका-१ सुइयाँ गाउँमा आगलागीबाट १६ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान करिब साढे ११ बजे समयमा मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो। प्रहरी स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ। साथै‚ आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र क्षतिको पूरा विवरण आउन पनि बाँकी रहेको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया