आज देशभरका अदालत बन्द , नेकपा नामको फैसला हुने मिति सर्यो

काठमाडौं

पूर्व प्रधानन्यायधीश सुरेन्द्रबहादुर सिंहको निधनका कारण आज देशभरीका अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको  हाे ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो । उहाँले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

आज बिदा नेकपा विवाद मुद्दाको सुनुवाई पछि सरेको छ । नेपालको विवादसम्बन्धि मुद्दामा आज फैसलाको मिति तोकिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दो नाममा हालको सत्तारुढ दल नेकपालाई दिइएको भन्दै ऋषि कट्टेलले मुद्दा हालेका थिए ।  न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ गरेर निसु तोकेको थियो ।

आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले २०७५ मंसिर २१ गते मुद्दा दायर गरेका थिए । ३ वर्षदेखि विचाराधीन मुद्दा अन्तिम फैसलाका लागि पेसी चढिरहेको छ ।

यदी सर्वाेच्चबाट निर्वाचन आयोगको निर्णयलाई बदर गरेमा नेकपाको विवादले नयाँ मोड लिने छ । कट्टेलकै पक्षमा फैसला अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा हुने देखिन्छ ।

 

प्रतिक्रिया

खबर सबै