

विश्वकप फुटबल छनोट खेल स्थगित



काठमाडौं
फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो ।
खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ ।
दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ ।
नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपाललको तीन अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ ।
चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो । जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०–१ को हार बेहोरेको थियो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया