

महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि



महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको दाह संस्कारपछि कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले बताए।
मधुमेह र फोक्सोका रोगी रहेका संक्रमित पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो।
मृत्यु पछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए। तर रिपोर्ट आउन भन्दा पहिला नै शवलाई जलाइएको छ।
यता मृत्कको दाहासँस्कारमा गएका र सम्पर्कमा आएका करिब ५६ जना स्वाब अहिले कलेक्शन भईरहेको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।
अहिले मठियानीको बजार क्षेत्र र वार्ड नं ६ पुर्ण रुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया