

बाणगंगा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोश्रो दिनसम्म १५ स्वर्णसहित हेमराज मा.वि अगाडि




कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विहीबारबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दोश्रो दिन आज (शुक्रबार) पनि बिभिन्न विधाका खेल सम्पन्न भएका छन् ।
नगरको वडा नम्बर २ पिपरामा रहेको जनता नमुना मध्यामिक बिद्यालयमा भएको खेलमा शुक्रबार एथलेटिक्स, कबड्डी, भलिवल, हाइजम्प, लङजम्प लगायतका खेल सम्पन्न भएका हुन् । शुक्रबारसम्म हेमराज मावि हथौसा १५ स्वर्णसहित पहिलो स्थानमा रहेको छ ।
एथलेटिक्स अन्तर्गत भएको छात्रछात्रा ३ हजार मिटर दौडमा हेमराज मावि हथौसा र श्रीमावि झण्डाले स्वर्ण जितेका छन् । विहान सम्पन्न छात्रा दौडमा हेमराजकी ११ बर्षीया रिना थारुले निर्धारित दुरी १२ मिनेट ५० सेकेन्डमा पुरा गरी स्वर्ण जितिन् ।
छात्रतर्फको दौडमा भने झण्डाका मनोज आचार्यले १० मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जित्न सफल भए ।
शुक्रबार नै भएको भलिवलमा जनता मावि, बाणगंगा मावि लौगाई, सूर्योदय मावि वरवा, होराइजन मावि विजयी भएका छन् ।
यस्तै लङजम्पमा हिलवर्ट (छात्र) बोर्डिङ पिपरा प्रथम हुँदा चिल्ड्रेन प्याराडाइज दोश्रो र हेमराज मावि हथौसा तेश्रो भएको थियो ।
यस्तै छात्रा हाइजम्पमा बाणगंगा मावि गजेहडा प्रथम, जनता दोश्रो र जनज्योति मोतिपुर तेश्रो स्थान हाँसिल गर्न सफल भएको छ । छात्रा तर्फ भने हेमराज प्रथम, जनता दोश्रो र वरवा तेश्रो स्थानमा आएको हो ।
यस्तै गरी त्रिपलजम्प (छात्र) मा भने वरवा प्रथम, सूर्योदय दोश्रो र महेन्द्र मावि कोपवा तेश्रो स्थानमा आएका छन् । छात्रातर्फ हथौसा प्रथम, कोपवा दोश्रो र मोतिपुर तेश्रो स्थानमा आएको नगरका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो ।
त्यस्तै गरी आज नै सम्पन्न भएको कवड्डीमा पनि हेमराज मा.विले नै जित हासिँल गरेर आफ्नो नाममा स्वर्ण पदक दर्ता गरेको हो । हेमराजले हथौसा माविमाथि जित हासिल गरेको थियो ।
प्रतियोगिताको तेस्रो दिन भोलि (शनिवार) पनि विभिन्न विधाका खेल हुने जनाइएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया