

शुद्धोदन मा.वि जिनुवामा खेल सप्ताहाको दोस्रो दिन फुटवलको पहिलो चरण सकियो



भलवाड
वाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ मा रहेको शुद्धोदन जन जिवन मा.वि जिनुवामा खेल सप्ताहाको दोस्रो दिन कक्षा ८ देखि १२ सम्मको छोटो तथा लामो दौड तथा फुटबल खेल सम्पन्न भएको छ । यस्तै कक्षा १ देखि ५ सम्ममा पनि विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । १ देखि ५ सम्मका भने रुमाल चोरी, कुर्सी दौड लगायतका खेल सम्पन्न भएका छन् । आज भएको कक्षा ८ देखि १२ सम्मका खेलहरुमा महिला भलिबल सम्पन्न भएको छ । दुई समुह मध्ये समुह क विजय भएको थियो । त्यस्तै आजै महिला दौडाका खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फ भएको फुटबलमा समुह क,ख र ग, घ भिडेका थिए । जसमा ग र ख बिजय भएका छन् । यस्तै १०० मिटर दौड तर्फ कक्षा १० का विद्यार्थी बिमल खड्का विजय भएका छन् । लामो दौडमा भने कक्षा ११ का सन्तोष पुरी बिजय भएका छन् ।
खेल सप्ताहाको तेस्रो दिन मंगलबार पनि विभिन्न खेल हुने खेल संयोजक शिक्षक मनोज कुमार खत्रीले जानकारी दिनुभएको छ । कोरोनाका कारण यस वर्षको खेल सप्ताहा ढिलो भएको विद्यालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया