
कपिलवस्तुमा ४ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


राजेन्द्र खनाल, कपिलवस्तु
कोरोना विरुद्धको कोभिसिल्ड खोप कपिलवस्तुमा धमाधम दोस्रो चरणमा दिइएको छ । अहिले सम्म कपिलवस्तुमा ४ हजार बढीले खोप लिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
सरकारले सिफारिश गरेका पहिलो प्राथामिकताका स्वास्थ्यकर्मी, सफाईकर्मी सहित पहिलो चरणमा छुटेका उनीहरुलाई पनि यस पटक खोप दिइएको छ । त्यस्तै दोस्रो चरण अन्र्तगत संचारकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधिलगाएतले अहिले खोप लिइरहेका छन् । दोस्रो चरणको यो अभियान फागुन २ देखि सुरु भएको थियो । दोस्रो चरणको आज बिहिबार सम्म कपिलवस्तुमा १ हजार ५ सय ७४ जनाले खोप लिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
यस्तै पहिलो चरणमा छुटकाहरुलाई पनि अहिले खोप दिइएको छ । कपिलवस्तुमा कोरोना खोपका लागि चारवटा खोप केन्द्र तोकिए अनुसार चारवटै केन्द्रबाट लक्षित समुहका व्यक्तिहरुलाई खोप दिइएको छ ।
जिल्लाका संचारकर्मीहरुले पहिलो दिन नै खोप लिएका थिए भने सुरक्षाकर्मी र स्थानिय तहका जनप्रतिनिधि सहित कर्मचारीहरुले पनि खोप लिएका छन् । त्यस्तै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले पनि कोरोना विरुद्धको खोप लिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैबिच यता कोरोना विरुद्धको खोप लिएकाहरुले सामान्य ज्वरो आउने, थकान महशुस हुने, लगाएतका समस्या देखिएको बताएका छन् । यद्यपी यस्तो समस्यालाई चिकित्सकहरुले भने सामान्य रुपमा लिन आग्रह गरेका छन् । यस अघि कपिलवस्तुमा संचालन भएको पहिलो चरणको खोप कार्यत्रममा लक्ष्य भन्दा बढीलाई खोप दिइएको थियो भने यस पटक पनि लक्ष्य अनुसार नै खोप कार्यक्रम संचालन भईरहेको स्वास्थय कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया