
प्रचण्ड–माधव नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै


काठमाडाैँ
नेकपा (प्रचण्ड–माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।
संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड–माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।
मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइएको छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरु रहने छन् । सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ ।
सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ । प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया