

दादको समस्याले चिन्तित हुनुहुन्छ : यसरी गर्नुहोस् उपचार





काठमाडौँ ।
दादको समस्याले पनि कतिपय मानिसहरू पीडित छन् । छालामा गोलो गोलो दागहरु हुन्छन्, जसको चारैतर्फ स–साना दानाहरु हुन्छन्, त्यसमा जलन हुन्छ र चिलाउँछ ।
कहिलेकाहीँ पीप पनि निस्किन्छ, त्यसैलाई नै दाद भनिन्छ । अँग्रेजीमा त्यसलाई रिङ्गवार्म भनिन्छ । यो एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छ तथा हातखुट्टा, कम्मर, काखी एवं तिघ्रामा सर्दछ । यो विशेष गरी खराब आहार–विहार, मलमूत्र आदिको अवरोध, असन्तुलीत जीवनयापन आदिका कारण लाग्ने गर्छ ।
लक्षण
गोलो दाग र त्यसको पूरै गोलाईमा स–साना राता दानाहरु निस्किनु, दागको बीचको छाला उठेको देखिनु, चिलाउनु एवं एक सानो दागबाट अर्को ठाउँमा फैलिनु आदि यसका लक्षण हुन् ।
घरेलु उपचार
— दूबो, हर्रोको बोक्रा, सिधेनुन, पवारी ९एक प्रकारको झार०को बीउ, कने ९एक प्रकारको रुख जहाँ सेतो, पहेँलो वा रातो रङ्गको फूल फुल्छ० को बोक्रा— यी सबैलाई दहीमा पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।
— अमलासार गन्धक, सुहामा एवं कपूरलाई मिलाएर लेप लगाउनाले केही दिनमा नै दाद ठीक हुन्छ ।
३। ४ ग्राम नीलोतुथो, ४ ग्राम सुहागा र २० ग्राम बाबरीलाई जलभाडरेको रसमा सात पटक घोलेर लेप लगाउनााले दाद ठीक हुन्छ ।
४। रायोलाई पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।
५। तित्रीको बीउलाई कागतीको रसमा पिसेर लगाउनाले दाद केही दिनमा नै ठीक हुन्छ ।
६। गोमूत्रमा नीमको पात पिसेर लगाउनाले दाद नष्ट हुन्छ ।
साभार : घरेलु आयुर्वेदिक उपचारबाट


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया