

सावित्राको उपचारमा एन्फाले सहयोग गर्ने




काठमाडौं
राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् ।
अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको छ । एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना छ ।
एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै उनको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाट उपचारमा सहयोग गर्ने जनाए । ‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।
सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन् । उनले आर्मी र पुलिस विरुद्धको खेलमा गोल गर्न सकेकी थिइन् । यस्तै एक खेलमा २ गोल गरेकी थिइन् भने बाँकी ७ खेलमा ३ वा त्योभन्दा बढी गोल गरिन् । उनले चौदण्डीगढीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया