

३ हजार ३६० सय जनाको पीसीआर परीक्षण नेपालमा थपिए १ सय ५ जना संक्रमित


काठमाडौं
मुलुकमा थप १ सय ५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४० र पुरुषको संख्या ६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९९ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९९ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५८७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख २३ हजार ९५१ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया