प्रिमियर लिग : चेल्सीसँग न्युक्यासल युनाइटेड पराजित

काठमाण्डाै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।

चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गाेल अन्तरले पराजित गरेको हो ।  चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एक/एक गोल गरे ।

जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । न्युक्यासल २५ अङ्कजोडेर १७ औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अङ्कले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अङ्कले पछि छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्ह्यामको २४ खेलबाट ४२ अङ्क छ ।

प्रतिक्रिया

खबर सबै