
प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय


काठमाण्डौ
पुनर्निर्माण भएको सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले सोमवार उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमवारदेखि अब सिंहदरबारबाटै सञ्चालन हुनेछ । सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सारिएको हो ।
झण्डै ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएपछि २०७२ साल वैशाख १२ गतेपछि देशको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड २०३० सालको आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । यसको २०३७ सालमा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा १९६० सालमा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया