

रोल्पामा बन्यो नाइट भिजन हेलिप्याड

साउन २७, रोल्पा ।
प्रदेश पाँँचको पहाडी जिल्ला रोल्पामा नाइट भिजन हेलिप्याड निर्माण भएको छ । रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५ सय मिटरको दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरेको जनाएको छ ।
रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिए । अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्षातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया