
कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव सम्रग अपटेड : सकियो मत गणना , हेर्नुहोस् कसकसले जिते , घिमिरे प्यानल बलियो

कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । यत्ति बेला समितिको नतिजा आएको छ । समग्र नतिजा अनुसार वाणिज्य संघमा डोलकराम घिमिरेको प्यानल बलियो देखिएको छ भने बेल्वासे प्यानल कमजोर देखिएको छ ।
उसो त घिमिरेको संयुक्त प्यानल हो भने बेल्वासेको एकल प्यानल हो । टोपनारायण बेल्वासेको ७१९ मत आउदा डोलकराम घिमिरेको ७६९ मत आएको छ । घिमिरे बिजय भएका छन् ।
वरिष्ठ उपाध्यक्ष तर्फ लक्ष्मण अधिकारीको ६८० मत आउदा छविलाल रेश्मीको ७५७ मत आएको छ । रेश्मी बिजय भएका छन् भने उद्योग उपाध्यक्ष तर्फ तुल्सीराम घिमिरेको ७५२ मत आउदा कृष्ण सापकोटाको ६९९ मत आएको छ । घिमिरे बिजय भएका छन् ।
यस्तै वाणिज्य उपाध्यक्ष तर्फ खुमानन्द घिमिरेको ७९६ मत आएको छ भने प्रतिस्पधी कृष्ण प्रसाद गैरेको ६४६ मत आएको छ । खुमानन्द घिमिरे बिजय भएका छन् ।
यस्तै महासचिवतर्फ मनोज पौडेलको ८१० मत आउदा कुशल पौडेलको भने ६३२ मत आएको छ । मनोज पौडेल बिजय भएका छन् । त्यस्तै कोषाध्यक्ष तर्फ मनोहर योगीको ६५५ मत आउदा प्रतिस्पर्धी बिनोद कुमार पन्थको ७८४ मत आएको छ । पन्थ बिजय भएका छन् ।
सचिव तर्फ शंकर प्रसाद न्यौपानेको ६९९ मत आउदा प्रतिस्पर्धी (खिमानन्द) कोपिल पौडेलको भने ७२४ मत आएको छ । पौडल बिजय भएका छन् । त्यस्तै सह कोषाध्यक्ष तर्फ यम बहादुर के.सी ७६४ मत अाउदा सेराज अहमत ६४५ मत अाएको छ भने अहमत बिजय भएका छन् ।
जितेका मध्य वरिष्ठ उपाध्यक्ष, सचिव र सह-कोषाध्यक्ष बेल्वासे प्यानलका हुन् भने बाकिँ सबै घिमिरे प्यानलका हुन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया