

कपिलवस्तु उद्योग वाणिज्य संघको सातौँ अधिवेशनका लागि आज चुनाव हुदैँ



कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुदैँ छ । जसका लागि सोमबार नै निर्वाचनका लागि मनोनयन दर्ता गरिएको छ । संघको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया अपनाइएको हो ।
मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि नेपाली कांग्रेसबाट डोलकराम घिमिरे र नेकपाबाट टोपनाराण बेलवासे विच अध्यक्ष पदमा प्रतिश्र्धा हुदैँ छ ।
आज हुने निर्वाचनका लागि ५ सदस्यीय निर्वाचन मण्डल गठन समेत गरिएको छ जसको प्रमुख निर्वाचन अधिकृतमा रविराज आचार्य हुनुहुन्छ भने कानुन विज्ञका रुपमा गुणानिधि भुसाल र अधिवक्ता कृष्ण पौडेल रहनुभएको छ । त्यस्तै निर्वाचन मंण्डलको सदस्यमा सरोज खनाल र चेतनारायण भण्डारी रहेका छन् । निर्वाचन मण्डलका अनुसार सोमबार साँझ ५ बजे सम्म उम्मेद्धारी दर्ता गर्ने समय तोकिएको थियो । सो समयमा दर्ता भएका उमेद्धारको नामावली सार्वजनिक गरिएको छ । त्यस्तै आज मध्यान्ह १२ बजेसम्म दावि विरोध गर्न सकिने प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिएका छन् । यदि दावि विरोध नभएको खण्डमा सार्वजनिक दुवै प्यानल निर्वाचनमा होमिने बताईएको छ ।
प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार आजै मतगणना भई नतिजा आउने बताउनु भयो । आज संघ मातहतका १६ सय २५ मतदाताले भोट खसाल्ने छन् । कुनै समस्या नआए ढिलोमा २ बजे मतदान सकिने र त्यसलगत्तै गन्ने काम पनि सुरु हुने भएकाले रातिसम्म संघले नयाँ नेतृत्व पाउने पनि उहाँले बताउनु भयो । चुनावको लागि सुरक्षा ब्यवस्था पनि कडा छ । विहानैदेखि मतदानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पनि जनइएको छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदाताले मत खसाल्न पाउने गरी सबै तयारी पुरा भएको निर्बाचन समितिले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया