

उत्तरी गोरखा : हेलिकप्टरमार्फत कोरोना खोप






गोरखा
उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पुर्याइएको छ ।
बिहीबार सिम्रिक एयरको हेलिकप्टरमार्फत दश भाइल (एक सय डोज) खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
कार्यालयबाट हामीले एम्बुलेन्समा राखेर हरमटारी खेल मैदानसम्म लग्यौं,’ उनले भने, ‘त्यहाँबाट हेलिमा हालेर माथि पठायौं ।’ उक्त खोप सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई लगाइने उनले जानकारी दिए ।
माघ १४ देखि १८ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियानमा चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी भएका थिएनन् । उनीहरु खोप केन्द्रसम्म आउन टाढा पर्ने हुनाले खोप नै हेलिकप्टर मार्फत ढुवानी गरेको खत्रीले बताए ।
शुक्रबार चुमनुब्री गाउँपालिकामा तीन वटा खोप केन्द्र स्थापना गरी त्यहाँका स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले बताए ।
सामागाउँ, ल्हो, प्रोक र बिही गाउँलाई समेट्ने गरी लिहीमा, छेकम्पार र चुम्चेतलाई समेट्ने गरी चुम्लिङमा र सिर्दिवासको फिलिममा गरी तीन वटा खोप केन्द्र स्थापना गरिने उनले जानकारी दिए । लिहीमा ३०, चुम्लिङमा २० र फिलिममा १८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि सोही दिन खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ । ५० जनालाई लक्षित गरी उक्त केन्द्रमा खोप र आवश्यक चिकित्सक गाडीमा पठाइसकिएको उनले जानकारी दिए ।
सोही दिन गोरखा अस्पतालमा पनि खोप केन्द्र स्थापना गरेर अभियानमा छुटेका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने उनले जानकारी दिए ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया