

साना किसान भलवाडमा अनुदानको मल वितरण




कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानका लागि अनुदानको मल भित्राएको छ ।
देशभर रासायनिक मलको अभाव भईरहेका बेला यस अघि पनि आफ्नै लागतमा भारतबाट जैविक मल खरिद गरि किसानलाई उपलब्ध गराएको साना किसान भलवाडले यस पटक सहुलियतपुर्ण मलको आयात गरेको हो ।
साना किसान भलवाडका अध्यक्ष कुमार मधु वेल्वासेका अनुसार भलवाडका किसानहरुलाई कुनैपनि समय मलको अभाव हुन नदिने गरी साना किसानल मलको आपुर्तिको व्यवस्था मिलाएको बताउनुभयो ।
यसपटक ल्याइएको मलको विक्रि वितरणका लागि साना किसानले समय तालिका सँगै निश्चित मापदण्ड समेत तोकेको छ । हरेक हप्ताको मंगलबार मात्रै वितरण गरिने मल लिनका लागि किसानले अनिवार्य रुपमा आफुले प्रयोग गर्ने मोवाईल नम्बर र नेपाली नागरिकताको प्रतिलिपि सहित उपभोग गर्ने जग्गाको लालपुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ ।
अवश्यकता भन्दा बढी मल संचित नहोस भन्नका लागि मापदण्डहरु तय गरिएको सहकारीले जनाएको छ । डिएपी मल प्रति क्इिन्टलको ४ हजार ६ सय ९० रुपैँया, युरिया मलको प्रति क्इिन्टल १ हजार ७ सय ९० रुपैँया, पोटास प्रति क्इिन्टल ३ हजार ४ सय ९०, कृषि चुन प्रति क्इन्टल १ हजार र जैविक मल प्रति क्इिन्टलको ४ हजार ८ सय रुपैँया रहेको अध्यक्ष वेलवासेले जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया