

आँखा कमजोर छ ? यसरी जाच्नुहोस्


स्वास्थ्य /
आजकल अधिकाशं मानिस आखाँको समस्याका कारण चस्मा लगाउन बाध्य छन् । यो समस्या कतिपयमा जन्मजात हून्छ भने कसैलाई परिस्थितीबस हुने गर्दछ ।
आँखामा समस्या भएपछि सामान्य दिनचर्या पनि कठिन बन्दछ । तसर्थ आँखाप्रति सर्तक र संवेदनशिल हुन आवश्यक छ । सबै मानिसमा आँखाको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, कसैले धमिलो देख्छन् । यस्तोमा कसरी आँखाको दृष्टि जाच्ने त रु
दृष्टि जाच्ने विधि
आँखाको दृष्टि कस्तो छ भनेर जाच्ने सरल विधि भनेको एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।
सामन्यतया दृश्यको तीक्ष्णता तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामान्य छ, कसको दृष्टिमा समस्या छ रु भनेर थाहा पाउन सकिन्छ ।
किन हुन्छ दृष्टिमा समस्या हुन्छ
आँखामा धेरै प्रकारको समस्या हुनसक्छ । कसैमा जन्मजात दृष्टिमा समस्या हुन्छ भने कसैमा विभिन्न संक्रमणलगायतको कारणले आँखाको ज्योति हराउन सक्छ । अझ आँखा सम्बन्धीका समस्याको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ ।
यस अलावा अत्यधिक उज्यालो वा मधुरो प्रकाशमा पढ्ने लेख्ने, लामो समयसम्म कम्प्युटर वा मोवाइलको स्क्रिनमा हेर्ने, प्रदूषणको सम्पर्कमा आउने, पाचनसम्बन्धी विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी लगायतका कारणले दृष्टि कमजोर हुन्छ । साथै मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।
सावधानी
आँखाको दृष्टको समस्या कम गर्न समयमा यसको उपचार गर्नु पर्दछ । यसकालागी चिकित्सकको परामर्श आवश्यक हुन्छ । समस्या बढ्दै गएमा शल्याक्रिया वा विशेष उपचार गर्नुपर्ने हुनसक्छ । यसका साथै खानपान र जीवनशैलीमा पनि सुधार गर्नुपर्ने हुन्छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया