कपिलवस्तुमा मतदाता नामावली अद्यावधिकको काम धमाधम हुँदै

राजेन्द्र खनाल, कपिलवस्तु ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले अहिले जिल्लाका पालिकाहरुबाट धमाधम मतदाता नामावली अद्यावधिकको काम गरिरहेको छ ।
सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगैे निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम, विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमूख ज्ञानुराम पन्थीले बताउनुभयो ।

आगामी माघ २१ गते सम्म जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन भईरहेको उहाँले जानकारी दिनुभयो । झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सकिने व्यवस्था समेत गरिएको बताए । मघ १६ देखि १८ गते सम्म निवेदन लिने काम भएको र त्यस यता छनविन र अद्यावधिकको काम भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा २३३ मतदान स्थल रहेका छन भने सा मतदान स्थलमा ४३५ वटा मतदान केन्द्र रहेका छन् । मतदाता अद्यावधिक गर्नुपुर्व कपिलवस्तुमा कुल मतदाताको संख्या ३ लाख ३३ हजार ७ सय ६३ रहेको छ । अद्यावधिक पछि यो संख्यामा थपघट भएर आउने र निर्वाचन आयोगले यसलाई सदर गरी जिल्लामा पठाउने पन्थीले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै