

म्यानमारकी नेतृ आङसाङ सुकी ‘पक्राउ

यंगून ।
म्यानमार म्यानमाको सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छिन् ।
उक्त पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उनी पक्राउ परेको जनाएको छ । म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढिरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने उक्त जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो ।
म्यानमामा सन् २०११ सम्म सेनाले शासन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो । नयाँ गठित तल्लो सदनको बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो ।
म्यानमाको राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया