
भिड बढेपछि जिल्ला प्रशासन कपिलवस्तुले बढायो सेवा समय

राजेन्द्र खनाल
कपिलवस्तु ।
पछिल्लो एक साता यता कपिलवस्तुमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या सामान्य भन्दा दोब्बरले बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले सेवा समय पनि बढाएको छ ।
५ वर्ष मुुनिका वालवालिकाहरुलाई वालपोषण भत्ता दिने सरकारको निर्णयले जिल्लाका नागरिकहरु नागरिकता बनाउन यतिबेला प्रशासनमा पुगेका छन् । हरेक दिन भिड बढेपछि सेवाग्राहरुहरुको सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले भोली देखि दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सेवा प्रदान गर्ने भएको हो ।

जिल्ला प्रशासन कर्यालयमा कर्मचारी अभाव तथा नागरिकहरुको भिडका कारण नागरिकता प्रदान गर्न असहज भईरहेको भन्दै बिहान ७ बजे देखि नै सेवा प्रदान गर्न लागिएको प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो ।
स्थानिय तहहरुले बालपोषण भत्ता वितरणका लागि बच्चाको बाबु र आमाको नागरिकता अनिवार्य गरेका कारण प्रशासनमा पछिल्लो एक हप्ता अत्याधिक भिड बढेको प्रजिअ पौडेलले बताउनुभयो । अहिले प्रशासनमा दैनिक ३ सय बढी मानिसहरु नागरिकताको लागि लाईनमा बस्ने गरेका छन भने जिल्ला प्रशासनले जम्म १ सय जनालाई दैनिक नागरिकता दिने गरेको छ । प्रमूख जिल्ला अधिकारी पौडेलका अनुसार नागरिकता लिन आउनेहरुका लागि प्रशासनले टोकन दिने गरेको छ भने सोही अनुसार नागरिकता प्रदान गर्ने गरेको छ ।
अब सेवा विस्तारका लागि दैनिक समय बढाएपछि भने धेरैलाई सेवा प्रदान गर्न सकिने पौडेलले बताउनुभयो । भिड सामान्य अवस्थामा नआउँदा सम्म प्रशासनले बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म दैनिक सेवा प्रदान गर्ने छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया