
जनसभापछि फोहोर भएको सभास्थल प्रचण्ड–नेपालका कार्यकर्ताले गरे सफाइ


बुटवल
नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार ब्लड बैंकको आडैमा रहेको ठाउँमा प्रदेशस्तरीय विरोध सभा सम्पन्न गरेको छ। सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गको संगम तथा बुटवलको मुटु मानिने पुुष्पलाल पार्कमा नेकपाले विशाल प्रदर्शन सहितको जनसभा गरेको हो।
प्रधानमन्त्री केपि शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूह यसको विरुद्धमा सडक संघर्षमा उत्रेको छ।
प्रतिगमन र संविधानको हत्या गरिएको भन्दै दिनहुँजसो विरोधका कार्यक्रम भएका गर्दै अँइरहेको छ । प्रायः सार्वजनिक ठाउँमा हुने यस्ता कार्यक्रमपछि फोहोर अस्तव्यस्त छोड्ने गरिन्छ । तर, यहाँ भने बिहीबार विरोधसभापछि कार्यक्रमस्थल सफा गरिएको छ ।
राजनीति भनेको संस्कार पनि भएको भन्दै विरोधसभा स्थल कार्यक्रम सकिएलगत्तै सफाई गरिएको हो । संविधान सभा सदस्य विनोद पहाडी, नेकपा प्रचण्ड-नेपाल समूह रुपन्देहीका प्रचार प्रसार संयोजक सिद्धीचरण भट्टराई, युवा नेता राजु गुरुङ, युवा नेतृ सरिता श्रीस, पत्रकार गुनाराम घिमिरे, ईश्वर गुरुङ लागायतका नेता कार्यकर्ताले सभास्थल सफाई गरेका हुन् ।
विरोध सभामा सहभागीहरुले छोडेका करिब क्वीन्टल भन्दा बढी फोहोर संकलन गरिएको छ । ‘राजनीतिका जतिपनि फोहोर मैलाहरु छन्, त्यसलाई धोइपखाली गर्ने पुस्ता हामी हो’ युवा नेतृ सरिता श्रीसले भनिन्–‘फोहोरबारे कुरा भन्दा पनि काम गर्न जरुरी ठानेर सभास्थल सफा गरिएको हो ।’
उनले राजनीतिक संस्कारलाई बदल्न पनि यस्ता कामहरु गर्नुपर्ने बताइन् । प्राय कार्यक्रमस्थल सफा नगरेर अस्वभनिय देखिने गरेकोमा नेकपाले भने आफै सफा गरेर कर्तव्य निर्वाह गरेको छ ।



खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया